देउवाको घरमा दुई/चार करोड पैसा भेटिनु स्वभाविक होः कांग्रेस नेता शाही


काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले पार्टी सभापति शेरबहादुर देउवाको घरमा दुई/चार करोड पैसा हुनुलाई स्वभाविक मान्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देउवाले देशभरीको पार्टी सञ्चालन गर्नका लागि २/४ करोड घरमा राख्नुलाई स्वभाविक मानिनुपर्ने बताएका हुन् ।

‘एउटा पार्टी सभापतिकहाँ २/४ करोड त हुन्छ नि त । देशभरीको पार्टी सञ्चालन गर्नुपर्ने हुन्छ । त्यो त स्वभाविक हो नि,’– उनले भने ।

नेता शाहीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनाबारे छानविन गर्न समिति बनेको बताउँदै यदि दोषी पाइएको खण्डमा देउवालाई कारबाही गरेर देखाउन चुनौती दिए ।