संविधानको उल्लङ्घन गरेर प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति पौडेलविरुद्ध महाअभियोग लाग्न सक्छः वरिष्ठ अधिवक्ता डा.भण्डारी


काठमाडौं, १० मंसिर । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई संविधानले नचिन्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको बताएका हुन् ।

वरिष्ठ अधिवक्ता डा.भण्डारीले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लङ्घन गरेर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेको बताए । राष्ट्रपति पौडेलविरुद्ध संविधानको धारा १०१ बमोजिम महाअभियोग लाग्न सक्ने वरिष्ठ अधिवक्ता डा.भण्डारीको भनाइ छ ।

‘यो संविधानले तपाईँलाई प्रधानमन्त्री भनेर चिन्दैन । तपाईँ रामचन्द्रजीले घोषित गरेको प्रधानमन्त्री हो । रामचन्द्रजीले संविधानको ठूलो उल्लङ्घन गर्नुभएको छ । रामचन्द्रजीमाथि संविधानको धारा १०१ महाअभियोग लाग्न सक्छ,’– उनले भने ।