सुनको मूल्य घट्यो


काठमाडौँ, ११ मङ्सिर । आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा ४०० ले घटेको छ भने चाँदी ६० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २८० कायम भएको छ ।

हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।