काठमाडौं, ११ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले संगठनका नेपाल ल क्याम्पसका पूर्व अध्यक्ष, नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति अधिवक्ता विष्णु ढुंगेललाई सर्वोच्च अदालतमा लागेको आगलागीको प्रमुख अभियुक्तका रुपमा देखाई गरेको गिरफ्तारीप्रति घोर भत्र्सना गरेको छ ।
संगठनका इन्चार्ज निरोज श्रेष्ठले आज एक विज्ञप्ती जारी गरी भदौ २३ र २४ गतेको तस्विर र भिडिओ क्लिप मात्रलाई आधार बनाएर योजनावद्ध रुपमा गरिएको गिरफ्तारी किमार्थ स्विकार्य नहुने चेतावनी दिएका छन् ।
जारी विज्ञप्तीमा भनिएको छ,‘हामी स्पष्ट रुपमा माग गर्दछौं कि भदो २४ मा देखिएका तोडफोड तथा हिंसात्मक गतिविधिमा संलग्न वास्तविक घुसपैठ समूहमाथि मात्र कानूनी कारबाही होस, तर लोकतान्त्रिक अधिकार प्रयोग गर्ने विष्णु ढुंगेललगायत अन्य युवाविद्यार्थीलाई बिनासर्त तुरुन्त रिहाई गरियोस । राज्यद्धारा भइरहेको मनलाग्दाी गिरफ्तारी, राजनीतिक प्रतिशोध र थकाईधम्कीको सबै रुप तुरुन्त रोकियोस, र यो सरकारले पारदर्शीता, जवाफदेही तथा नागरिक स्वतन्त्रताप्रतिको आफ्नो प्रतिबद्धता व्यवहारमै प्रमाणित गरोस ।’





प्रतिक्रिया