काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको नीतिको बारेमा आफूले गरेको सार्वजनिक बहसको बचाउ गरेका छन् । ११औं महाधिवेशनको मुखमा नेता भट्टराईले भिडिओ सन्देश जारी गर्दै पार्टीको नीति तथा विचार आम नागरिकको बीचमा छलफल गर्न आवश्यक रहेको भन्दै बचाउ गरेका छन् । मुलुकको राष्ट्रिय विषय, अन्तर्राष्ट्रिय विषयमा दलको नीति कस्तो हुने भन्नेबारे बहस हुनु स्वभाविक भएको उनको तर्क छ ।
नेता भट्टराईले पार्टीको पाँचौ महाधिवेशनदेखि नै पार्टीको विचारको बारेमा गैरएमाले पँक्तिमा पनि व्यापक छलफल भएको इतिहास स्मरण गराए । भट्टराईले नागरिकसँग राजनीति दल र नेतृत्वको सम्बन्ध कस्तो हुनुपर्छ भनेर अब्राहम लिंकनदेखि महात्मा गान्धीसम्म र विश्वप्रसिद्ध दार्शनिकले भनेको कुरासमेत उल्लेख गरेका छन् ।
उनले जनता नै परिवर्तनको मूल शक्ति भएको पनि उल्लेख गरेका छन् । जनताको हित नै सबै दलको साझा दल भएको मदन भण्डारीको पनि निश्कर्ष रहेको उनले स्मरण गराएका छन् ।




प्रतिक्रिया