जसपा परित्याग गरेका अशोक यादव नेकपामा प्रवेश गर्ने तयारी


काठमाडौं, ११ मंसिर । जनता समाजवादी पार्टी परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । नेकपामा नेता प्रमोद साहले यादव आज नै नेकपामा प्रवेश गर्न लागेको जानकारी दिए ।

उनले पार्टीमा यादवको प्रवेशले पार्टीका सांगठनिक कार्यमा वृद्धि तथा मजबुद हुने विश्वास पनि लिएका छन् । आजमात्रै जनजागरण पार्टी नेपाल, जसपाबाट अलग्गिएका राजेन्द्र श्रेष्ठहरु र विप्लवले नेतृत्व गरेको दल नेकपा (माओवादी) बाट विद्रोह गरेकाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।