काठमाडौं, १२ मंसिर । विभिन्न समूहमा विभाजित भएका जेन–जी युवाहरुलाई एउटै थलोमा उभ्याउने उद्देश्यले ‘वन हन्ड्रेड आवर म्याराथन टिभी टक शो’ आयोजना गरिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी ‘वन हन्ड्रेड आवर म्याराथन टिभी टक शो’ बारे जानकारी गराइएको हो ।
आगामी मंसिर २० गतेबाट सञ्चारकर्मी गौरव पौडेलले उक्त ‘टक शो’ सञ्चालन गर्ने बताइएको छ । ‘हामीले आयोजना गर्न लागेको अभियान जेनजी आन्दोलनको प्रभाव र भविष्यको नेपाललाई सन्दर्भ बनाएर ‘वन हन्ड्रेड आवर म्याराथन टिभी टक शो’ छिन्नभिन्न भएका जेनजी युवाहरुलाई एउटै थलोमा उभ्याउने र सहकार्यमा जोड दिने उद्देश्यबाट प्रेरित छ,’– विज्ञप्तिमा भनिएको छ ।
साथै, उक्त ‘टक शो’ देश निर्माणमा सबैको कुरा सुन्ने र सुनाउने सत् कार्यबाट प्रेरित रहेको पनि बताइएको छ । उक्त कार्यलाई ‘गिनिज बुक्स अफ वर्ल्ड रेकर्डस्’ मा समेत दर्ज गराउने लक्ष्य रहेको बताइएको छ । कार्यक्रमका लागि गिनिज बुक्स अफ वर्ल्ड रेकर्डस् बाट सम्पूर्ण अनुमतिको प्रक्रियासमेत पुरा भइसकेको जानकारी गराइएको छ ।




प्रतिक्रिया