काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले पार्टीलाई आम जनता र कार्यकर्ताको चाहनाअनुसार पूनर्गठन गरेर अघि बढाउनेगरि प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्न आग्रह गरेका छन् । उनले यतिवेला देशमा देखापरेका विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, उर्जा र एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले फेशबुकमार्फत लेखेका छन्–
आदरणीय कमरेडहरु, तपाईंहरु आज हाम्रो पार्टीको ११औं महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दै हुनुहुन्छ । हामीले यतिबेला देशमा देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्ने र पार्टीलाई थप गति, उर्जा, एकताका साथ जनताको विश्वास आर्जन गर्नेगरि बलियो बनाउनु पर्नेछ । यसका लागि समयको माग अनि आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टीलाई पुनर्गठन गरेर अघि बढाउने गरि प्रतिनिधि चयनमा जिम्मेवारपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास राखेको छु ।




प्रतिक्रिया