एमालेको ११औं महाधिवेशन : सोलुखुम्बुबाट सबै प्रतिनिधि सर्वसम्मत्, को-को आए ?


काठमाडौं, १३ मंसिर । नेकपा (एमाले)को ११औं महाधिवेशनको लागि सोलुखुम्बु जिल्लाबाट सर्वसम्मतरूपमा प्रतिनिधि छनौट भएका छन् । महाधिवेशनमा सोलुखुम्बुबाट छ जना प्रतिनिधि निर्वाचित गर्नुपर्नेमा छ जनाको मात्र उम्मेद्वारी परेकाले निर्वाचित घोषणा गरिएको निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठले जानकारी दिए ।

सर्वसम्मत भएका प्रतिनिधिहरूमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला रहेका छन् । यस्तै, उत्पीडिततर्फ डिबि रनपाल, महिलातर्फका दुईजनामा कल्पना राई र मोहनकुमारी कार्की निर्वाचित भएका हुन् । ४० वर्षमुनिको युवातर्फ जगनाथ बास्तोला निर्वाचित भएका छन् ।