नेकपाको अपिलमा के छ ?

काठमाडौं, १३ मंसिर । प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीले कांग्रेस र एमाले नेतृत्वको तत्कालिन सरकारको गतिविधिको कारण लोकतन्त्रमाथि संकट आउनसक्ने र जनअसन्तुष्टि सडकमा विस्फोट हुनसक्ने अवस्थाबारे जानकारी गराएको उल्लेख गरेको छ । आज नेकपाको तर्फबाट जारी गरिएको अपिलमा जेनजी आन्दोलनको बारेमा चर्चा गर्दै यस्तो भनिएको छ ।

जहाँ भनिएको छ,‘जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुका लागि यो उपयुक्त अवसर बन्न पुग्यो । गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । कांग्रेस एमालेको सरकारको गतिविधिका कारण लोकतन्त्रमाथि नै संकट आउन सक्ने र जनअसन्तुष्टि सडकमा विष्फोट हुनसक्ने अवस्थाप्रति हाम्रो तर्फबाट लगातार सचेत गराउँदै आएका थियौं । सरकारले हाम्रो खबरदारीको गाम्भीर्यता र संवेदनशीलतालाई पटक्कै बोध गरेन । दुई तिहाईको अहंकार र दुईदलीय तानाशाहीको मीठो सपनाबाट सरकार ब्यूझन सकेन ।’

अपिलमा थप भनिएको छ,‘फलतः अर्थराजनीतिक समस्या र तत्कालिन सरकारका जनविरोधी क्रियाकलापबाट संगठित हुँदै गएको जनअसन्तुष्टि जेनजी आन्दोलनका रुपमा प्रकट हुन पुग्यो । जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुका लागि यो उपयुक्त अवसर बन्न पुग्यो । गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरु सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरुमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो । जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन बस्तुतः राजनीतिक दलहरुलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो ।

नेपाली कम्युनिष्ट पार्टीको अपील

आदरणीय जनसमुदाय,

सात दशकभन्दा लामो कम्युनिष्ट आन्दोलनभित्रको विचारधारात्मक र राजनीतिक संघर्षको आरोह अवरोहसँगै पार्टी एकता, संघर्ष, विभाजन र पुनएकीकरणका शिक्षाहरुलाई आत्मसात गर्दै, पूँजिवादी जनवादी क्रान्तिको उपलब्धिकारुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरागर्ने उद्देृश्यमा आधारित रहँदै विभिन्न १५ कम्युनिष्ट र समाजवादी पार्टीहरुबीचको एकीकरणबाट नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको छ । पछिल्लो जेन जी आन्दोलनसमेतको पृष्ठभूमिमा पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पार्टी पंक्ति र समर्थक शुभचिन्तकसहित आम न्यायप्रेमी जनसमुदायलाई हार्दिक अभिवादन गर्दछौं ।

यस अवसरमा हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रसहित आमूल परिवर्तन, सामाजिक न्याय र राष्ट्रिय स्वाधिनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग, समुदायको मुक्ति आन्दोलन र पछिल्लो जेनजी आन्दोलनका क्रममा प्राणोत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै वेपत्ता योद्दाहरुप्रति उच्च सम्मान प्रकट गर्नुका साथै घाइते अपांग योद्दाहरुप्रति सम्मानसहित सिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

आन्तरिक अर्थराजनीतिक समस्या र नयाँ भूराजनीतिसमेतका कारण देशको राजनीतिक परिस्थिति निकै गम्भीर र संवेदनशील रहेको छ । जनक्रान्तिबाट स्थापित नयाँ राजनीतिक व्यवस्था र पुरानो उत्पादन प्रणालीबीच अन्तर्बिरोधका कारण जनताको अवस्थामा अपेक्षित परिवर्तन हुन सकिरहेको छैन । यो स्थितिमा एकातर्फ प्रतिगामी यथास्थितिवादी शक्तिहरुबाट जनक्रान्तिका उपलब्धिहरुमाथि धावा बोल्ने प्रयास हुँदै आइरहेको छ भने अर्कोतर्फ जनक्रान्तिका उपलब्धिहरुको रक्षासहित सुशासन र आर्थिक सामाजिक रुपान्तरणको जनचाहना विभिन्न रुपमा प्रकट हुँदै आइरहेको छ ।

आज राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको छ । राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ ।

परिस्थितिको यो गाम्भीर्यतालाई मनन गर्दै राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न र जन आकांक्षालाई मूर्तरुप दिन हामी प्रयत्नशील रहँदै आयौं । सरकारमा रहँदा हाम्रा तर्फबाट सुशासन, सामाजिक न्यायसहितको आर्थिक विकास एवं समृद्धिको अभियान सुरु गरिएको थियो । प्रतिगामी यथास्थितिवादी शक्तिहरुले उक्त अभियानलाई रोक्न सरकार परिवर्तनको अस्त्र प्रयोग गरे । प्रतिपक्षीय मोर्चामा रहँदा समेत सडक र सदनबाट सरकारलाई निरन्तर खबरदारी गरि नै रह्यौं । कांग्रेस एमालेको सरकारको गतिविधिका कारण लोकतन्त्रमाथि नै संकट आउन सक्ने र जनअसन्तुष्टि सडकमा विष्फोट हुनसक्ने अवस्थाप्रति हाम्रो तर्फबाट लगातार सचेत गराउँदै आएका थियौं । सरकारले हाम्रो खबरदारीको गाम्भीर्यता र संवेदनशीलतालाई पटक्कै बोध गरेन । दुई तिहाईको अहंकार र दुईदलीय तानाशाहीको मीठो सपनाबाट सरकार ब्यूझन सकेन ।

फलतः अर्थराजनीतिक समस्या र तत्कालिन सरकारका जनविरोधी क्रियाकलापबाट संगठित हुँदै गएको जनअसन्तुष्टि जेनजी आन्दोलनका रुपमा प्रकट हुन पुग्यो । जनताको असन्तोष र आक्रोशलाई आफ्नो निहित स्वार्थमा उपयोग गर्न प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरुका लागि यो उपयुक्त अवसर बन्न पुग्यो । गत भदौ २३ गते शान्तिपूर्णरुपमा सुरु भएको जेनजी प्रदर्शन नरसंहारमा रुपान्तरित हुन पुग्यो । भदौं २४ गते देशका प्रमुख ऐतिहासिक सम्पदाहरु सहित सार्वजनिक कार्यालय, लोकतान्त्रिक दलका नेताहरुको निवास, बैंक, वित्तिय संस्था, मिडिया तथा व्यवसायहरुमा भीषण आगजनी, लूटपाट, तोडफोड गरिनुका साथै भौतिक आक्रमण समेत गरियो । जुन नियोजित र योजनावद्ध थियो । त्यसका वावजूद जेनजी आन्दोलन बस्तुतः राजनीतिक दलहरुलाई खबरदारी, सुशासन, सामाजिक न्याय र अझ उन्नत लोकतन्त्रप्रति नयाँ पुस्ताको चाहना र आकांक्षाको अभिव्यक्ति थियो ।

जेन-जी आन्दोलनको यो भावनालाई एकथरिले बुझ्नै चाहिरहेका छैनन् । अर्को एकथरिले आफ्नो निहित स्वार्थ र प्रतिगामी उद्देश्यपूर्तिको साधन बनाउने कोशिस गरिरहेका छन् । यसप्रकारका प्रवृत्तिहरुप्रति सचेत रहँदै संवैधानिक प्रक्रियाबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढन जेनजीलगायतका नवयुवाहरुमा हाम्रो पार्टी विशेष आग्रह गर्दछ ।

जेन जी आन्दोलनसँगै उत्पन्न गम्भीर परिस्थितिमा गैर दलीय सरकार बनेपछि तत्कालको अनिश्चयपूर्ण तुँवालो केही हटेपनि जनक्रान्तिका उपलब्धिहरु र राष्ट्रमाथिको संकट पूर्णरुपले हटिसकेको छैन । बिभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन् । तथापि मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ । हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग विशेष अपील गर्दछ । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि चुनौतीहरु थपिँदै गएको वर्तमान सन्दर्भमा वामपन्थी, लोकतान्त्रिक र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई एकीकृत गर्दै नेतृत्व प्रदान गर्नुपर्ने वस्तुगत आवश्यकतालाई आत्मसात गर्दैै समाजव–लेनिनवाद हाम्रो पार्टीको मार्गनिर्देशक सिद्धान्त हो । मार्क्सवादी लेनिनवादी सिद्धान्तको आलोकमा एक्काइसौं शताब्दीका नवीन विशेषता, विगतका प्रतिक्रान्तिका अनुभव, नेपाली पूँजिवादी जनवादी क्रान्तिका मौलिक विशेषता र नेपाली समाजको विशिष्टताका आधारमा तयार गरिएको नेपाली विशेषताको समाजवाद हाम्रो रणनीतिक कार्यक्रम हो । यही मार्गनिर्देशक सिद्धान्त र कार्यक्रमको आलोकमा सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यम हुँदै समाजवादको दिशामा अघि बढ्ने संकल्प हाम्रो एकताका मुख्य आधारहरु हुन । श्रमजीवी सर्वहारा वर्ग र उत्पीडित वर्ग समुदायको पहिचान र हितको प्रतिनिधित्व गर्ने लोकतान्त्रिक मूल्यसहितको संघीय समाजवादी राज्य, सहभागितामूलक समावेशी र समानुपातिक शासनप्रणाली, उत्पादनका साधनमाथि सार्वजनिक, सामुदायिक र नीजि स्वामित्व भएको उत्पादन प्रणालीसँगै सबैखाले प्रतिक्रियावादी हस्तक्षेप र शोषणका रुपहरुको अन्त्य गर्ने आर्थिक नीति, शिक्षा र स्वास्थ्यमा मूलतः राज्यको दायित्व बढाउँदै समाजमा विद्यमान सबैखाले असमानता र विभेदको अन्त्य गर्ने सामाजिक सांस्कृतिक नीति, स्वतन्त्र, सन्तुलित, असंलग्न परराष्ट्र नीति नेपाली विशेषताको समाजवादका आधारभूत पक्– स्वतन्त्रता (जनवाद) र अनुशासन (केन्द्रीयता) को समुचित सन्तुलनमा आधारित जनवादी केन्द्रीयता पार्टीको संगठनात्मक सिद्धान्त र विधि हुनेछ । नेपाली विशेषताको समाजवादद्वारा निर्देशित वैचारिक मूल्यहरुबाट जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तलाई थप समृद्ध गरिनेछ । आदरणीय जनसमुदाय, विद्यमान राष्ट्रिय परिस्थिति, आवश्यकता र जनअपेक्षालाई दृष्टिगत गर्दै पुनर्गठित नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सुरु भएको एकता, ध्रवीकरण र सहकार्यको यो प्रक्रियामा सहभागी हुन सम्पूर्ण वामपन्थी, समाजवादी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुलाई आव्हान गर्दछौं ।

जेन जी आन्दोलनको यो भावनालाई एकथरिले बुझ्नै चाहिरहेका छैनन् । अर्को एकथरिले आफ्नो निहित स्वार्थ र प्रतिगामी उद्देश्यपूर्तिको साधन बनाउने कोशिस गरिरहेका छन् । यसप्रकारका प्रवृत्तिहरुप्रति सचेत रहँदै संवैधानिक प्रक्रियाबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढन जेनजीलगायतका नवयुवाहरुमा हाम्रो पार्टी विशेष आग्रह गर्दछ ।