काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)का सचिव एवं ११औं राष्ट्रिय महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छिन् । ११औं महाधिवेशन प्रचार समितिको हिजो (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले यस्तो बताएकी हुन् ।
उनले भनिन्,‘यो विषम परिस्थितिबाट देश र पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन । यो अहिलेको आवश्यकता हो । अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।” पछिल्लो समय महाधिवेशन नजिकिँदै गरेको र पार्टीको नेतृत्वको विषयमा बहस भइरहँदा ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रष्ट पारिन् । उनले पार्टीको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अनुमोदित गर्ने दृढ विश्वास व्यक्त गरिन् ।




प्रतिक्रिया