भ्रष्टाचार अन्त्य गर्ने माधव नेपालको घोषणा


पोखरा, १४ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले देशबाट भ्रष्टाचार समाप्त पार्ने मुख्य योजना बोकेको बताएका छन् । आफूहरुले भ्रष्टाचार समाप्त पार्ने कुरालाई नै केन्द्रविन्दुमा राखेर काम गरिरहेको उनको दाबी छ ।

आज (आइतबार) पोखरामा आयोजित नेकपाको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्ते बताएका हुन् । उनले भने,‘भ्रष्टाचार गर्ने, व्यभिचार गर्ने प्रवृत्तिलाई समाप्त पार्ने कुरालाई हामीले केन्द्रविन्दुमा राखेका छौं, त्यसैले यत्तिकै पार्टी बनाएको होइन।’

सहसंयोजक नेपालले नेपाली राजनीति बेइमानी र भ्रष्टाचारीले बिगारेको दाबी गरे । उनले भने,‘नेपालको राजनीति बिग्रने कारण बेइमानी, भ्रष्टाचारी, स्वार्थी र व्यक्तिवादी प्रवृत्तिले हो, यो विषयमा हामीले समिक्षा गरेका छौं।’