काठमाडौं, १५ मंसिर । उर्जामन्त्री कुलमान घिसिङले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भेट गरेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । वैकल्पिक शक्ति निर्माणमा जुटेका कुलमानले बालेनसँग शनिबार साँझ भेट गरेका हुन् । तर, तस्विर भने हिजो आइतबार साँझमा सार्वजनिक गरेका हुन् ।
कुलमानले बालेनको साथ र सहयोगमा नै उज्यालो नेपाल पार्टी अघि बढाएका छन् । अहिले राजकीय जिम्मेवारीमा भएकाले कुलमानले अध्यक्षमा अनुप उपाध्यायलाई अघि सारेका छन् । तर, यो दल उनकै हो । कुलमानको उपस्थितिमा नै यो दलको पहिलो सार्वजनिक कार्यक्रम यही मंसिर १७ गते बुधबार कमलादीस्थित् प्रज्ञा भवनमा हुँदैछ । त्यसअघि पनि कुलमानले बालेनसँग भेटेर सहमतिमै उक्त भेटको तस्विर बाहिर ल्याएर आफूहरु साथमै रहेको सन्देश दिएका छन् । उनले तस्विर सार्वजनिक गर्दै लेखेका थिए,‘देश बनाउने अभियानमा हामीसँगै छौँ।’




प्रतिक्रिया