काठमाडौं, १६ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्ने भएका छन् । यही मंसिर २२ गते सिंहदरबारमा बस्नेगरि भेटवार्ता तय भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले नै प्रसाईंलाई छलफलको लागि पत्राचार गरेको थियो । यसअघि प्रसाईंसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेटेका थिए । प्रसाईंको महाअिभियान र सरकारबीच यसअघि बालुवाटारमा सहमतिसमेत भएको थियो । उक्त सहमतिको आधारमा नै महाअभियानले घोषणा गरेको नेपाल बन्द फिर्ता लिईएको थियो ।
प्रसाईंले पछिल्लो समय जेलबाट छुटेपछि गरेको पत्रकार सम्मेलनमा पनि सरकार र २१ फागुनको निर्वाचनबारे सार्वजनिक टिप्पणी गरेका थिए ।




प्रतिक्रिया