मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने


काठमाडौं, १६ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि (बुधबार) विश्वासको मत लिने भएका छन्। आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी गराएका हुन् ।

हिजोमात्रै मुख्यमन्त्री यादवको नाममा २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । आज ढिलोगरि पत्रकार सम्मेलन गर्दै उनले आफूले विश्वासको मत लिनको लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिए ।