गुण एयरलाईन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


काठमाडौं, १७ मंसिर । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गुण एअरलाईन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ । बैकिंङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उनलाई पक्राउ गरिएको जनाईएको छ ।

सिआईबीचका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले शाक्य पक्राउ भएको पुष्टि गरेका छन् । शाक्यले प्रभु बैंकलाई हानी नोक्सानी पुर्र्याएको भनिएको छ । उनलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर आज ललितपुर जावलाखेल भनिमण्डलबाट पक्राउ गरिएको हो ।