प्रतिनिधिसभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी


काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । एमालेका निवर्तमान सांसदहरु महेश बर्तौला र सुनिता बरालले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासले कारण देखाउ आदेश दिएको हो । संसद् विघटनसम्बन्धी दायर भएका सबै रिटलाई अब एकै ठाउँमा राखेर सुनुवाई हुने भएको छ ।