काठमाडौं, मंसिर १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि हिजो सुनको मूल्य २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तीन हजार ६२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तीन हजार ६५५ रुपैयाँ थियो ।




प्रतिक्रिया