काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता नैनसिंह महरले महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् ।
उनले भने,‘हाम्रोअगाडि महाधिवेशन समयमै सम्पन्न गरेर निर्वाचनमा जानुको विकल्प छैन, प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेको लागि तोकिएको छ, नेपाली कांग्रेसलाई अपडेट बनाउनुपर्नेछ, फागुनको चुनावअघि कांग्रेसलाई लोकतान्त्रिक प्रणालीमा अब्बल छ भनेर देखाउनुपर्छ, त्यसकारण हामी समयमै महाधिवेशन गर्न सक्छौं ।’
आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । महाधिवेशन समयमै सम्पन्न गर्नको लागि पार्टीभित्र एकअर्काविरुद्ध आरोप तथा प्रत्यारोप गरेर समय फाल्न नहुने उनको सुझाव छ ।




प्रतिक्रिया