काठमाडौं, १८ मंसिर । नेकपा (एमाले)का नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले पार्टीको ११औं महाधिवेशनमा उपमहासचिव पदमा दाबी गरेका छन् । उनले अध्यक्षमा भने केपी शर्मा ओलीलाई नै साथ दिने घोषणा गरेका छन् । एमालेको ११औं महाधिवेशन यही मंसिर २७ गतेदेखि हुँदैछ ।
अहिले नेताहरुले धमाधम आफ्नो दाबी पेश गर्ने र सोहीअनुसार प्रचारप्रसार गर्न थालेको अवस्था छ । अध्यक्षमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चूनौति दिँदैछन् । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ । अहिले एमाले मुख्यालय च्यासलमा महाधिवेशनकेन्द्रित चहलपहल बढिरहेको छ ।




प्रतिक्रिया