काठमाडौं, १८ मंसिर । हामी नेपालीका संयोजक सुदन गुरूङ रास्वपाका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् । यसअघि आफूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उर्जामन्त्री कुलमान घिसिङको एकतापछि आज एकता सम्वादको लागि लामिछानेसँग भेट गर्न लागेको जनाए ।
उनले फेशबुकमा लेखेका छन्–‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’ यसअघि कुलमानले बालेनसँग भेट गरेको तस्विर सार्वजनिक गरिसकेका छन् ।
उनले देश विकासको लागि आफूहरु साथमै रहेको सन्देश प्रवाह गरेका थिए । हिजोमात्रै कुलमानले आफ्नो संरक्षणमा खुलेको पार्टी उज्यालो नेपाल पार्टीको घोषणासभामा सम्बोधन गरेर अब देशको नै नेतृत्व लिने घोषणा गरिसकेका छन् ।




प्रतिक्रिया