काठमाडौं, मंसिर १९ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ भने चाँदीको मोल तीन हजार ५५५ रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।




प्रतिक्रिया