काठमाडौं, २० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो समयपछि हिजो भेटवार्ता भएको छ । उक्त भेटवार्ताले राजनीतिक तरंग पैदा गरेको छ । भदो २३ र भदौ २४ गतेको जेनजी आन्दोलनपछि भएको यो पहिलो भेटमा दुई नेताबीच के कुरा भयो ? भन्ने चासोको विषय बनेको छ ।
देउवा दम्पत्तिलाई भेट्न एमाले अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य लिएर महाराजगञ्ज पुगेका थिए । शीर्ष नेताहरूबीच लामो समयपछि भएको भेटमा समसामयिक राजनीति, आसन्न संसदका निर्वाचन लगायत विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
दुवै दल यतिवेला पार्टीको महाधिवेशनको तयारीमा छन् । एमालेको ११औं महाधिवेशन यही मंसिर २७ गतेबाट हुँदैछ । उता, कांग्रेसको १५औं महाधिवेशन पुष २६ देखि पुष २८ गतेसम्म हुने तय भएको छ । दुवै दल आ–आफ्नो महाधिवेशनको तयारीमा जुट्दा र आसन्न निर्वाचनको तयारी थालिएको सन्दर्भमा नेतृत्वबीच भेटवार्ता भएको हो ।
एमालेको नेतृत्वमा आउनेगरि ओलीले तयारी थालेका छन् । तर, देउवा भने नेतृत्वबाट अलग हुने लगभग निश्चित् भइसकेको छ । दुई नेताबीच आसन्न निर्वाचनको तयारीबारे कुरा भएको जनाईएको छ । साथै, जेनजी आन्दोलनको समिक्षा पनि भएको बताईन्छ ।




प्रतिक्रिया