काठमाडौं, मंसिर २१ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टीको आगामी ११औँ महाधिवेशनमा छनोटमा ‘पाखुरा सुर्कने’ प्रवृत्ति देखिएको भन्दै यस्तो घातक संस्कारलाई हुर्कन दिन नहुने बताएका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त गर्दै चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न भनेर इलाका युथ लिग (वाईएल) ले बदाम, मकै र शिला खोजेर सहयोग पठाएको उल्लेख गरेका छन्।
त्यस्तै, पाचौँ महाधिवेशनदेखि आजसम्म प्रतिनिधि कै रूपमा सहभागी हुने अवसर पाएको बताउँदै उनले महाधिवेशनमा वैचारिक बहसको परम्परा रहेकोमा अहिले प्रतिनिधि छनोटमा पाखुरा सुर्केने घातक संस्कार बढेकाले यस्तो प्रवृत्तिलाई हुर्कन दिन नहुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर ईलाका वाईएलले(युथ लिग) बदम,मकै शिला खोजर सहयोग पठाईयो।तर पाचौदेखि आजसम्म सातौ बाहेक प्रतिनिधिकै रुपमा सहभागि हुने अवसर पाईयो।प्राय सबैमा निति विचारकै बहस चर्किए,अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो।यो घातक संस्कार हुर्कन दिन हुदैन।’




प्रतिक्रिया