जनार्दनलाई गृह जिल्लामा देखाइयो कालो झण्डा


काठमाडौं, २१ मंसिर । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्ला रुकुम पश्चिममा कालो झण्डा देखाइएको छ । गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई आज बिहान रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा देखाएर कार्यकर्ताले विरोध जनाएका छन्। पूर्वमाओवादी कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका छन् ।

प्रलोपा गठन गरेपछि उनी पहिलोपटक गृहजिल्ला रुकुम पश्चिम पुगेका छन्। तत्कालिन नेकपा (माओवादी केन्द्र)का आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको टोलीले शर्मालाई कालोझण्डा देखाउन विमानस्थलको गेटमा पुगेको थियो । शर्माले आज जिल्लास्थित पार्टी कार्यालय उद्घाटन गर्ने र भोलि युवाहरूको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।