काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व मन्त्री बद्रीप्रसाद पाण्डेले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
उम्मेदवार सिफारिस प्रक्रियाको क्रममा गृहजिल्ला बाजुरामा रहेको पाण्डेले उम्मेदवार नबन्ने बताएका हुन् । उनले पार्टीलाई बलियो बनाउने र अरु जिम्मेवारीमा नै रहेर नेतृत्व गर्ने बताए ।
उनले आफू चुनाव नलड्ने र यो पटक अरुलाई नै साथ दिने बताए । पाण्डे प्रतिस्पर्धाको ‘रेस’ बाट बाहिरिइसकेपछि बाजुराबाट प्रतिनिधिसभाको उम्मेदवारमा कांग्रेसले ६ जनाको नाम सिफारिस गरेको छ ।




प्रतिक्रिया