एलिना चौहानको पूर्व पति विष्णु सापकोटासँगको सम्बन्धबारे के भन्छिन् मिस पबी ? (भिडिओसहित)


काठमाडौं, २८ मंसिर । कलाकार मिस पबीले विष्णु सापकोटासँग आफ्नो एकदमै राम्रो सम्बन्ध रहेको बताएकी छन् । सापकोटा गायिका एलिना चौहानको पूर्व पति हुन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै कलाकार पबीले सापकोटासँग भेटघाट, कुराकानी भइरहने र सम्बन्ध पनि राम्रो रहेको बताएकी हु्न् ।

यसअघि सापकोटा र पबीलाई जोडेर सामाजिक सञ्जाल र मिडियाहरुमा विभिन्न समाचारहरु सम्प्रेषण भएका थिए । ‘विष्णु सापकोटासँग तपाईँको सम्बन्ध छ नि हैन ?’ भन्ने प्रश्नमा मिस पबीले भनिन्, ‘मेरो एकदमै सम्बन्ध छ । साथीको सम्बन्ध छ । साथीसँग भेट, कुरा नहुने कुरा नै हुँदैन नि ।’

साथै, ‘तपाईँलाई विष्णु सापकोटा कस्तो लाग्छ ?’ भन्ने प्रश्नमा उनले आफूलाई सापकोटा मान्छेजस्तै लाग्ने उत्तर दिईन् । उनले आफूहरुको म्युजिक भिडियो खेल्ने क्रममा भेट भएको पनि बताईन् । उनले भनिन्, ‘मान्छेजस्तै लाग्छ । हामीले म्युजिक भिडियो गरेको हो ।’