काठमाडौं, २८ मंसिर । जिल्ला प्रहरी कार्यालय संखुवासभाले आफ्नै श्रीमतीको हत्या आरोपमा ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई पक्राउ गरेको छ । मादी नगरपालिका– का प्रेम दोर्चीलाई आफ्नी ३७ वर्षीया श्रीमती मीना शेर्पाको हत्या आरोपमा पक्राउ गरिएको हो ।
प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार प्रेमदोर्ची आफैंले मंसिर ९ गते आफ्नी श्रीमती मीना हराएको भन्दै निवेदन दिएका थिए । श्रीमती हराएको भनी निवेदन दिएको प्रेमदोर्चीमाथि नै शंका लागेर पक्राउ गरी सोधपुछ गर्दा उनले हत्या स्वीकार गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उनले आफ्नी श्रीमती मिनाको हत्या स्वीकार गरेका छन् ।
मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुई जनाबीच विवाद भएको र बाटैमा कुटपिट गरी श्रीमतीको हत्या गरेको प्रेमदोर्चीले स्वीकार गरेको बताइएको छ । हत्यापछि उनले श्रीमतीको लासलाई त्रिपालमा बेरेर अलैची बारीमा खाल्डो खनेर गाडेका थिए । प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया