काठमाडौं, १ पुस । नेकपा (एमाले) का ११औं महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ । महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेलले छु्ट्टाछुट्टै गुट बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन् । निर्वाचन तालिकाअनुसार नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । ओलीले आफ्नो समूहमा नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा धेरै नेताहरु चिढिँएका छन् । केही शीर्ष नेताहरुले ओलीको साथसमेत छाडेका छन् ।
विश्वासपात्र मानिने आनन्द पोखरेलले पनि ओलीको साथ छाडेका छन् । उनले स्वतन्त्र रुपमा उपमहासचिवको उम्मेदवारी दिएको थिए । तर, पछिल्लो समयमा उनी ईश्वर पोखरेलको क्याम्पमा समेटिएका छन् । यो संगै ईश्वरको क्याम्पबाट उपमहासचिवमा पोखरेल, योगेश भट्टराई र वैजनाथ चौधरीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।




प्रतिक्रिया