मधेशका मुख्यमन्त्री यादवले आगामी शुक्रबार विश्वासको मत लिने


काठमाडौं, २ पुस । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज (बुधबार) प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु,’– मुख्यमन्त्री यादवले प्रदेशसभालाई पठाएको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री यादव गत मंसिर १९ गते ६ दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त, भएका थिए । संविधानको धारा १६८ (२) बमोजिम बनेको सरकारका मुख्यमन्त्रीले ३०) दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

विश्वासको मत नलिएकै कारण उनले मन्त्रिपरिषद् विस्ता गर्नसमेत पाएका छन् । मुख्यमन्त्री यादवले अहिलेसम्म नेपाली कांग्रेसका जङ्गीलाल यादव स्वाथ्य तथा जनसंख्यामन्त्री, नेपाली कम्युनिष्ट पार्टीका गणेश पटेल उद्योग मन्त्री,जवाहर कुशवाह ऊर्जा मन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारीलाई मन्त्रीमा नियुक्त गरेका छिन् । तिवारीको मन्त्रालय भने तोकिएको छैन ।