ओली प्यानलबाट सचिवमा उम्मेदवारी दिएका ९ जना नै निर्वाचित


काठमाडौं, ३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका नौ जना नै निर्वाीचत भएका छन् । सचिवमा सबैभन्दा धेरै मत ल्याएर महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेतले १ हजार ५ सय ४४ मत पाएका थिए ।

त्यसैगरी सचिवमा विजयी हुनेहरुमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मत सहित विजयी भएका हुन् ।