महेश बस्नेत सर्वाधिक मत ल्याएर एमालेको सचिवमा निर्वाचित


काठमाडौं, ३ पुस । नेकपा (एमाले) को सचिवमा सर्वाधिक मत ल्याएर महेश बस्नेत निर्वाचित भएका छन् । केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेदवारी दिएका बस्नेतले १ हजार ५ सय ४४ मत पाए ।

ओलीको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका नौ जना नै निर्वाीचत भएका छन् । यसैगरी, सचिवमा विजयी हुनेहरुमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मतसहित विजयी भए ।