काठमाडौं, पुस ५ । नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता सन्देश सभाको आयोजना गर्दैछ । बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्नेछन् ।
हालै गरिएको वाम शक्तिबीचको एकतापछि विभिन्न प्रदेश तथा जिल्लामा गरिएको एकता सन्देश सभा तथा त्यसले जनतामा आएको उत्साह, मुलुकको समसामयिक घटनाक्रमबारे शीर्षनेताहरूले सहभागी सबैलाई जानकारी गराउनेछन् । नेपाली कम्युनिष्ट पार्टीले यसअघि धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरधाममा एकता सन्देश सभा गरिसकेको छ ।




प्रतिक्रिया