काठमाडौं, पुस ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाले हाल देशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराई भूभागमा हुस्सु लागेको छ । आज दिउँसो राति देशभरको मौसम आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
देशका तराई भूभागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।




प्रतिक्रिया