नेपाली कम्युनिष्ट पार्टी कैलाली- ३ द्वारा अखिल (क्रान्तिकारी) का सचिव जिसीसहित ७ जनाको नाम सिफारिस


काठमाडौं, १२ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारका लागि कैलाली क्षेत्र नम्बर ३ बाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव वीरेन्द्र जिसीसहित सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा जिसीसहित ,वीरभान चौधरी, लाजुराम चौधरी, विपिन आचार्य, कमल प्रसाद चौधरी, प्रकाश मिश्र, विनीता चौधरी रहेका छन् ।

जिसी युवाको कोटाबाट सिफारिस भएका हुन् । जिल्ला कार्यदलको बैठकले एक महिला, युवासहितका आकाङ्क्षीहरूको नाम केन्द्रलाई सिफारिस गरेको हो । जिसी २०७८ सालदेखि अखिल (क्रान्तिकारी) को राजनिति सक्रिय छन् । उनी अखिल (क्रान्तिकारी) को सबैभन्दा तल्लो कमिटी हुँदै क्याम्पस कमिटीको सचिवालय सदस्य, कैलाली काठमाडौं सम्पर्क कमिटीको वरिष्ठ उपाध्यक्ष, सह–सचिव, सचिव र अध्यक्ष हुँदै हाल केन्द्रीय सचिवको जिम्मेवारी छन्।