काठमाडौं, १२ पुस । गायक सजन राईले जेन–जी आन्दोलन र त्यसका सहिदको भावना समेटिएको गीत ‘अझै हामी मरेको छैनौँ’ बजारमा ल्याएका छन् । जगन निरौलाको शब्द रहेको उक्त गीतमा संगीत तथा एरेन्ज गायक राईकै रहेको छ ।
‘ए शासकहरू हो तिमीहरूलाई सत्तासीन गराउन हामी हजारौँले बलिदान गर्यौँ, अहिले तिम्रा स्वार्थ र बेमानी विरुद्ध बलि चढिरहेका छौँ’ भन्दै सुरु भएको गीतमा ‘तिमीहरू हामीलाई सहिद भन्छौ, तर किन हाम्रो रगत हरेक पटक दुरुपयोग गर्छौ ?’ ‘सत्ता र शक्तिलाई किन आफ्नो स्वार्थमा उपयोग गर्छौ ?’ ‘किन बिर्सन्छौ हाम्रो त्याग र बलिदानलाई ?’ लगायतका प्रश्नैप्रश्नहरु रहेका छन् ।
सहिदहरूले देशमा परिवर्तन नदेखेसम्म आफू जागेको र ढलेको दिन सम्झाइरहने भन्ने भावना गीतमा समेटिएको छ । जेनजी आन्दोलनलाई युवा जागेको दिन र देशले सुशासन मागेको दिनको रूपमा गीतमा चर्चा गरिएको छ । शासकसँग संस्कार खोज्दा सहिद बन्नु परेको गीतमा उल्लेख छ ।




प्रतिक्रिया