काठमाडौं, १३ पुष । उर्जामन्त्री कुलमान घिसिङले वैकल्पिक शक्तिहरु एकजुट भएर जानुपर्ने बताएका छन् । रवि लामिछाने र बालेन शाहबीच आज विहानीपख एकता भएपछि मन्त्री घिसिङको यस्तो प्रतिक्रिया आएको हो । पोखरामा आज आयोजित आफ्नो संरक्षमा रहेको पार्टी उज्यालो नेपाल पार्टीको कास्की भेलालाइए सम्बोधन गर्दै उनले यस्ताृे बताएका हुन् ।
उनले चुनावअघि नै सकेसम्म एक भएर जाने विश्वास दिलाए । उनले भने,‘हामी एक भएर जान्छौं, तर नभए कार्यगत एकता गर्ने अवस्थामा हाम्रो पार्टी छ । सबै नयाँ र मेनस्ट्रिम फोर्सहरु एक भएर जानका लागि म यही मञ्चबाट आह्वान गर्दछु । तर, हामी आफ्नो आत्सम्मान र स्वाभिमान कायम राखेर सबैसँग सहकार्य गर्ने पक्षमा छौं ।’
उनले नयाँ वैकल्पिक शक्तिहरु एक भएर जानुपर्ने सन्देश रहेको सुनाए । आफूहरु सहकार्य गरेरै जान तयार रहेको पनि उनले दोहोर्याए । मन्त्री घिसिङले भने,‘आजको दिन नेपाली जनताले वैकल्पिक शक्तिहरु एक भएर अगाडि बढोस भन्ने र नयाँ नेतृत्व देओस भन्ने चाहेका छन् । त्यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ । त्यसतर्फ उज्यालो नेपाल पार्टी सदैव अग्रसर छ । एउटा सम्मानजनक उपस्थिति, आत्मसम्मान र आफ्नो स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं । सहकार्य गरेरै अगाडि बढ्ने हो। यसतर्फ धेरै कुराहरु भइरहेको छ । आगामी दिनमा रिजल्ट आउने म विश्वास व्यक्त गर्न चाहन्छु ।’




प्रतिक्रिया