काठमाडौं, १३ पुष । २१ फागुनको निर्वाचन नजिकिएसँगै दलहरुबीच सहमति र सहकर्याको प्रयास भइरहेको छ । आजमात्रै रवि लामिछाने र बालेन शाहबीच सहमति भएको छ । आजै साँझ कुलमान घिसिङ र बाबुराम भट्टराईबीच पनि चुनावी सहकार्य गर्नेबारे सहमति हुने भनिएको छ । बाबुरामको संरक्षणमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीले कुलमानको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टीसँग चुनावी सहकार्य गर्ने भएको हो ।
उता, ऋषि धमलाले तेस्रो धारको निर्माणको लागि पहलकदमी लिएका छन् । हिजोमात्रै धमलाको पहल र अगुवाईमा विभिन्न २३ राजनीतिक दलहरुबीच चुनावी सहकार्य र गठबन्धन बनाएर जाने विषयमा अन्तरक्रिया भएको थियो । त्यसको भोलिपल्ट आज भने कार्यदल नै गठन गरिएको छ ।
ऋषि धमलाको नेतृत्वमा गठित सात सदस्यीय कार्यदलमा आम जनता पार्टीको तर्फबाट सहअध्यक्ष तिलक थापा मगर, उज्यालो नेपाल पार्टीबाट जितराम तामाङ्, श्रम संस्कृति पार्टीको तर्फबाट आरएन राई, समुन्नत पार्टीबाट सुदर्शन कार्की, राष्ट्रिय परिवर्तन पार्टीबाट दिनेश खनाल र नागरिक सर्वोच्च पार्टीबाट रत्न प्रसाद श्रेष्ठ सदस्य तोकिएका छन् । उनीहरुले प्रत्यक्षतर्फको निर्वाचनमा सहकार्य गरेर जानेबारे विभिन्न दल र समूहसँग सहकार्य गर्नेबारे पहल गर्ने भएका छन् । जेन-जी आन्दोलनपछिको मर्म र भावनालाई आत्मसात् गर्नेगरि यो गठबन्धनको पहल लिईएको उनीहरुको भनाई छ । file photo




प्रतिक्रिया