काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समानुपातिकतर्फ संस्थापन इतर समूहलाई ४० प्रतिशत स्वामित्व दिन तयार भएका छन् । प्रतिनिधिसभाको मानुपातिकतर्फको उम्मदेवारी दिने आज अन्तिम दिन हो । अन्तिम सूची बुझाउनका लागि कांग्रेस पनि गृहकार्यमा रहेको छ ।
समानुपातिकतर्फ उम्मेदवारको सूची बनाउँदा संस्थापन समूहबाट ६० प्रतिशत र शेखर–गगनले नेतृत्व गरेको इतर समूहबाट ४० प्रतिशतको अनुपातमा भागबण्डा हुने बताइएको छ । देउवाको प्रस्ताव शेखर कोइराला, महामन्त्री गगनकुमार थापालगायतक नेताहरुले स्वीकार भने गरिनसकेको बताइएको छ ।
कांग्रेसका शीर्ष नेताहरु अहिले आन्तरिक छलफलमा रहेको बताइएको छ । निर्वाचन आयोगमा समानुपातिकतर्फ कूल ११० जनाको सूची क्लस्टर पेश गर्नुपर्ने हुन्छ ।




प्रतिक्रिया