सुदनको पहलमा रवि, बालेन र कुलमान मिले, चुनाव मिलेर लड्ने


काठमाडौं, १४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच कुरा मिलेको छ । उनीहरुले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मिलेर लड्ने बताइएको छ । जेन–जी अगुवाको छवि बनाएका हामी नेपाल नामक संस्थाका अध्यक्ष सुदन गुरुङको पहलमा नेतात्रयबीच सँगै मिलेर चुनाव लड्ने सहमति भएको हो ।

जेन–जी अगुवा गुरुङको पहलमा रवि, बालेन र कुलमान आज छलफलमा जुटेका थिए । छलफलको निष्कर्ष सार्वजनिक गर्दै सुदनले भनेका छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि । मिलाएर छाड्यौं र इतिहासले सम्झिने छ । रवि, बालेन र कुलमान च चुनावमा सँगै लड्नेछन् ।’