बादल लक्षित गोकुल बाँस्कोटाको कटाक्ष: पुरुषले पनि समावेशिताको इज्जत राख्न सकेनन्


काठमाडौं, पुस १६ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पछिल्लो समय राजनीतिक वृत्तमा पुरुष नेताहरूले नै समावेशिताको मर्म र इज्जत नराखेको बताएका छन्। बास्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बारम्बार समानुपातिक कोटामा आउनु औचित्य नरहेको भन्दै यस प्रणालीको विरोध भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

नेपाली काङ्ग्रेस र नेकपा एमाले जस्ता ठुला राजनीतिक दललले पनि समानुपातिक र तथा समावेशिता भन्दा दलहरू मिलेर प्रत्यक्ष चुनावमा आउनु पर्ने कुरामा जोड दिएका छन्। राजनीतिक दलहरू मिलेर चुनाव लड्ने सके एकै व्यक्ति पटक–पटक समानुपातिकमा बस्नु आवश्यक नहुने र यसमा दल तथा नेताहरू व्यवहारिक हुनुपर्ने उनको भनाई छ ।

नेता बाँस्कोटाले पटकपटक समानुपातिकमा बस्न रुचाउने नेताहरुले कांग्रेस(एमाले मिल्दा पनि चुनाव लड्न किन डराउनु परेको भन्दै कटाक्ष गरेका छन्।

उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो। अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।’

उनले शक्तिशाली र लोकप्रिय भन्नेहरु पटकपटक समानुपातिकमा बसेर समावेशीताकै बेइजत भएको र यसमा पुरुष नेताहरु अझ बढी देखिएको उल्लेख गरेका छन्।

एमालेले बुझाएको समानुपातिकको बन्दसूचीमा पदाधिकारीबाट उपाध्यक्ष रामबहादुर थापा बादलको पनि नाम परेकोमा एमालेजनमै असन्तुष्टि छ। उनै थापाले मंगलबार काठमाडौंमा भएको एउटा कार्यक्रममा यसपालि कांग्रेस–एमालेले आधा आधा सिट बाँडेर चुनाव लड्न सक्ने अभिव्यक्ति दिएका थिए।