काठमाडौं, पुस १६ । नेकपा (एमाले) का नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका नयाँ राजनीतिक दलहरूको अस्तित्वमाथि प्रश्न उठाएका छन्। उनले स्थापित दलहरूको तुलनामा नयाँ पार्टीहरूमा अवसर वितरणमा नातागोता, व्यापारी र हल्लाखोरहरूको बाहुल्य रहेको आरोप लगाएका हुन्।
रिजालले लेखेका छन्, ‘स्थापित र लामो इतिहास भएका पार्टीका केही बाध्यता र ‘ब्यागेज’ हुन्छन् र अवसरको वितरणमा ती प्रकट हुँदा तिनैलाई मुख्य मुद्दा बनाएर नयाँ पार्टी बनाएकाहरूको समानुपातिक सूची हेर्नुभयो नि ? नातागोता, व्यापारी, हल्लाखोरहरू‘ को बाहुल्य छ ।’ उनले जेनजीका नाममा राजनीति गर्नेहरूको प्राथमिकतामा कति जेनजी परेको भन्दै प्रश्न पनि गरेका छन्।
रिजालले अगाडि लेखेका छन्, ‘पार्टी नबन्दै पदको बाँडफाट, सौदाबाजी र लेनदेनबाट स्पष्ट हुन्छ–चर्का नाराबाजी, होहल्ला, गालीगलौज गर्न सजिलो छ तर पार्टी बनाउन र टिकाउन सजिलो छैन। बाँकी त चुनाव घोषणा भएकै छ। जनताको हातमा छ।’ रास्वपाभित्र समानुपातिक उम्मेदवार सिफारिसलाई विवाद भइरहेको समयमा उनको यस्तो बयान आएको हो।




प्रतिक्रिया