लौकहीमा गोली लागेर एक जनाको मृत्यु


इनरुवा (सुनसरी), १७ पुस । कोसी गाँउपालिका–१ लौकहीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सिटीसफारीमा दैनिक उपभोगका सामग्री लिएर आएका सोही स्थानका जय साहको मृत्यु भएको हो ।

उक्त घटना गए राति भएको हो । गोली प्रहार गर्नेको खोजी जारी छ । घटनास्थलबाट गोलीका खोका बरामद भएका छन् । रासस