अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न प्रति जोडी २० लाख रुपैयाँ दिने पूर्व मन्त्री पासवानको उद्घोष


काठमाडौं, १७ पुस । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानले आफू चुनाव जितेर सत्तामा पुगेको खण्डमा अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई प्रोत्साहनस्वरुप २० लाख रुपैयाँ प्रदान गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातीय विभेदको अन्त्य गर्नका लागि यो व्यवस्था अपरिहार्य रहेको बताएका हुन् । उनले अन्तरजातीय विवाह गर्ने जोडीहरुको बालबालिकालाई छात्रबृत्तिको व्यवस्था पनि गरिनुपर्ने बताए ।

‘अब अन्तर्जातीय विवाह गर्ने जोडीहरुलाई २० लाख रुपैयाँको दरले प्रोत्साहन दिने कि नदिने ? हामी अन्तरजातीय विवाह गर्नेहरुका लागि र उनीहरुको बालबालिकाको लागि पूर्ण छात्रबृत्तिको व्यवस्था हामी गर्नेछौं । यो देशको आवश्यकता हो,’– उनले भने ।

हाल अन्तरजातीय विवाह गर्ने जोडीलाई सरकारले प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।