मान्म (कालीकोट), १८ पुस । कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।
सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए ।
हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट’सम्मको साढे एक किलोमिटर कालोपत्र प्रायः पूरा भएको उनले जानकारी दिए । सडक स्तरोन्नतिका निम्ति पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भएको हो । रासस




प्रतिक्रिया