काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता देवराज चालिसेले पार्टीको नियमित महाधिवेशन निर्धारित मितिमा हुन नसकेपछि अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । आज (शुक्रबार) विशेष महाधिवेशन पक्षधर नेताहरुले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी रहेन ।’
केन्द्रले विशेष महाधिवेशन गर्ने जिम्मेवारी पूरा गर्नेमा विशेष महाधिवेशन पक्षधर नेताहरुले विश्वास व्यक्त गरे । उनीहरुले आगामी पुस २८ र २८ गते विशेष महाधिवेशन गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराए ।
विशेष महाधिवेशन पक्षधर नेताहरुले विशेष महाधिवेशनका लागि भृकुटीमण्डमा हल बुकसमेत गरिसकेको बताइएको छ । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासमेत विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशन केन्द्रीय समिति वा केन्द्रीय कार्यालयबाट निर्णय भएर बोलाउन सकिने प्रावधान रहेको छ । केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहेको हुन्छ ।
कांग्रेस नेता सुवास पोखरेललले केन्द्रीय समितिले विशेष महाधिवेशनको निर्णय लिनुपर्ने बताए । उनले आफूहरू कांग्रेस विभाजनको पक्षमा नरहेको बताए । नेता पोखरेलले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको बताउँदै अब विधानअनुसार निर्णय लिन पार्टी नेतृत्वलाई आग्रह गरे ।
विशेष महाधिवेशनबारे सार्वजनिक धारणा पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।





प्रतिक्रिया