काठमाडौं, पुस १९ । तीन सातादेखि लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका क्षेत्रमा हिजो र अस्ति दिउँसोपख एक्कैछिन घाम लागेपनि आजफेरी बिहानैदेखि हुस्सुले ढाकेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर प्रभाव रहेको पश्चिमी वायुको आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक प्रभावरही मौसम मुख्यतया सफा छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहान र बेलुकाको समयमा तराई क्षेत्रमा हुस्सु तथा कुहिरो दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा यातायातमा आंशिक प्रभाव पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया