काठमाडौं, २२ पुष । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली नेता तथा पूर्व सभासद उमेश यादवले पार्टी परित्याग गरेका छन् । उनी आज उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका छन् ।
२०६४ र २०७० मा तत्कालिन माओवादी केन्द्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । यादवलाई जसपाका अध्यक्ष उपेन्द्र यादव, नेतृ रेणु यादवलगायतले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी छोडनुअघि उनले आज विहानै आफ्नो धारणा फेशबुकमार्फत सार्वजनिक गरेका थिए । उनले लेखेका छन्–
शुभ प्रभात ।
दिन दिनै पुरानो को आरोपितहरुले
१) २००७ सालमा जहानियाँ राणा शासन लाई अन्त्य गरे र प्रजातान्त्रिक युगको शुरुआत गरे ।
२) राजा ले प्रजातन्त्र को अपहरण गरेर निर्दलएएय शासन शुरु गरेपछि पुनः ३० बर्ष सम्म कठोर सशस्त्र र निशस्त्र आन्दोलन गरेर
प्रजातन्त्रको पुर्नबहाली गरेर राजा लाई संविधानको दायारा मा ल्याए ।
३) नेकपा ( माओवादी ) को नेतृत्व मा महान जनयुद्ध मार्फत राज्यसत्ताको पुनर्गठन गर्दै सामन्तवादलाई अन्त्य गर्न कठोर बलिदानीपुर्ण संघर्ष गरे ।त्यसैको जगमा,बलमा २०६२/२०६३ को एतिहासिक जनआन्दोलन भयो ।जनताले आफ्नो संविधान आफैं लेख्ने नेपाल को इतिहासमा पहिलो अवसर पायो ।जनता सार्वभौमसत्ता सम्पन्न भयो ।
४) मधेस आन्दोलनले पुरक आन्दोलन को रूपमा आन्तरिक राष्ट्रिय उत्पीडनमा परेका मधेसी जनताको उत्पीडन अन्तर्राष्ट्रियकरण गर्न सफल भए,संघीयता ,समानुपातिक ,समावेशी अन्तरिम संविधान मै लेखाउन सफल भए ।
५) पहिलो संविधानसभामा ३३% मधेसी ,३३% आदिवासी / जनजाति तथा ३४% खस आर्य को जनसंख्या अनुसारको सहभागितामुलक संविधानसभा निर्वाचित भएका छन ।त्यसमा बर्गीय ,लैङ्िगक ,क्षेत्रीय लगायतका नेपाल को असली रुप स्थापित गरेको एतिहासिक तथ्य स्थापित गरे ।
६) आदरणीय अध्यक्ष कमरेड प्रचण्ड को नेतृत्व मा भएको महान जनयुद्ध र त्यसपछि को जनसंघर्ष ले राज्यप्रणाली मा परिवर्तन ल्याए ।राज्यसत्ता को चरित्र मा परिवर्तन ल्याए । नेपालका जनता इतिहास मै पहिलो पल्ट सार्वभौमसत्ता सम्पन्न भएर आफ्नो संविधान लेखेर देशलाई संघीय लोकतान्त्रिक गणतान्त्रिक युगमा प्रवेशमा प्रवेश गराए ।
७) अर्थात राज्यसत्ता र राज्यप्रणालीमा नै परिवर्तन ल्याए ।
आफुलाइ नयाँ भनिनेहरुले
८) नयाँ भनिने लोकप्रियतावादीहरु,इतिहास र राज्यप्रणाली मै योगदान न भएकाहरू ले यत्रो उत्पात मच्चाएर राज्यसत्ता मा के परिवर्तन ल्याए ? राज्यप्रणाली मा के परिवर्तन ल्याए ?




प्रतिक्रिया