काठमाडौं, २२ पुष । नेकपा (एमाले) ले निर्वाचन परिचालन कमिटीको प्रमुखमा उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी तोकेको छ । आज बसेको सचिवालय बैठकमा बादललाई निर्वाचन परिचालन कमिटीको कमाण्डर तोकेको हो ।
उक्त कमिटीमा पूर्व उपमहासचिव विष्णु रिमाल, सचिव डा. राजन भट्टराई, उपाध्यक्ष छविलाल विश्वकर्मा, सचिव हिक्मत कार्की, नेताहरु रमेश बडाल र भीष्म अधिकारी सदस्यको रुपमा रहेका छन् ।
यस्तै, आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र लेखन समिति पनि गठन भएको छ । एमाले २१ फागुनको निर्वाचनमा पूर्ण तयारीका साथ होमिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।




प्रतिक्रिया