काठमाडौं, २२ पुष । नेकपा (एमाले) ले राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले यस्तो निर्णय लिएको हो ।
राष्ट्रियसभाको लागि उम्मेदवार छान्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ । कांग्रेससँग तालमेल गर्दा एमालेले ७ सिटको बटमलाईन लिएको छ । राष्ट्रियसभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दिने दिन हो । त्यसअघि यस्तो निर्णय भएको हो ।




प्रतिक्रिया